प्रतिनिधिसभा सदस्य काभ्रेपलाञ्चोक २
बदन कुमार भण्डारी
इमानदार नेतृत्व, समृद्ध भविष्य
जनताको मतले दिएको जिम्मेवारीलाई मार्गदर्शन मान्दै, विकास, सुशासन र समावेशी समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता।
मेरो परिचय
गाउँ–नगरको समग्र विकास, शिक्षा, स्वास्थ्य र रोजगारीमा प्राथमिकता दिने उम्मेदवार।
बदन कुमार भण्डारी
प्रतिनिधिसभा सदस्य काभ्रेपलाञ्चोक २
म, बदन कुमार भण्डारी, काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यका रूपमा, यहाँका सम्पूर्ण मतदाता तथा नागरिकप्रति हार्दिक आभार व्यक्त गर्दछु। तपाईंहरूले गर्नुभएको विश्वास र समर्थन मेरो लागि ठूलो जिम्मेवारी हो, जसलाई म पारदर्शी, जिम्मेवार र सधैं जनताप्रति जवाफदेही रहँदै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। निर्वाचनअघि व्यक्त गरेका मेरा प्राथमिकताहरू—शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि आधुनिकीकरण र युवाको रोजगारी सिर्जना—अब कार्यान्वयनको चरणमा अघि बढिरहेका छन्। म स्थानीय आवश्यकता र जनभावनालाई केन्द्रमा राखेर दीर्घकालीन र दिगो विकासका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न निरन्तर लागिरहेको छु।
म काभ्रे–२ लाई सुशासन, समावेशिता र समान अवसरको नमुना क्षेत्र बनाउने लक्ष्यका साथ दृढतापूर्वक अघि बढिरहेको छु। भ्रष्टाचार उन्मूलनमा शून्य सहनशीलताको नीति अपनाउँदै प्रत्येक विकास योजनामा पारदर्शिता तथा सार्वजनिक सहभागिता सुनिश्चित गर्ने कामलाई प्राथमिकतामा राखेको छु। मेरो ध्यान युवाशक्ति सशक्तीकरण, महिला उद्यमशीलता प्रवर्द्धन, गुणस्तरीय शिक्षा र प्रभावकारी स्वास्थ्य सेवामार्फत समृद्ध र आत्मनिर्भर समाज निर्माणमा केन्द्रित छ। तपाईंहरूको विश्वासलाई मेरो सबैभन्दा ठूलो शक्ति मानेर सेवा, परिणाममुखी नेतृत्व र जनहितप्रति समर्पित भई काम गर्ने मेरो दृढ संकल्प यथावत् रहनेछ।
BADAN
जनताको विश्वास, विकासको आधार – समर्पित उम्मेदवार, तपाईंको सेवामा सधैं तयार।
B
Bold for Change
Fearless in decisions, ready to challange old system and bring meaningful reform
निर्णयहरूमा निडर, पुरानो प्रणालीलाई चुनौती दिन र अर्थपूर्ण सुधार ल्याउन सधैं तयार।
A
Accountable to the People
Transparent, responsible and always answerable to the citizens of Kavre
काभ्रेका नागरिकहरूप्रति पारदर्शी, जिम्मेवार र सधैं जवाफदेही।
D
Dedicated to Development
Focused on infrastructure, youth employment, education, agriculture and sustainable growth.
पूर्वाधार, युवा रोजगारी, शिक्षा, कृषि र दिगो विकासमा केन्द्रित।
A
Action Oriented Leadership
Believes in action over words, delivering results rather than promises.
वचनभन्दा कर्ममा विश्वास गर्ने, प्रतिज्ञा भन्दा परिणाम दिनेमा दृढ।
N
Nation-First Vision
Comitted to serving Kavre with integrity and working for long-term national progress.
ईमान्दारीका साथ काभ्रेका सेवामा प्रतिबद्ध र दीर्घकालीन राष्ट्रिय प्रगतिका लागि काम गर्ने।
वाचापत्र
हामी काभ्रेका हरेक नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधारमा समर्पित योजनासहित वाचापत्र लिएर आएका छौं। हाम्रो प्रतिबद्धता वचनमा होइन, प्रतिफलमा छ।
मेरो प्रतिबद्धता
लोकतन्त्र तथा गणतन्त्र स्थापनाको लागि जहाँनिय राणा शासन, निरंकुश पञ्चायती व्यवस्था, सक्रिय राजतन्त्र तथा भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनमा संलग्न रही संघर्ष गर्दा बलिदान दिने महान शहिदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली एवं उच्च सम्मान प्रकट गर्दछु। राजनीतिक व्यवस्था परिवर्तनका लागि लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र संविधानसहितको शासन व्यवस्था स्थापित भएको भएता पनि भ्रष्टाचार र कुशासनका कारण नागरिकको जनजीवनमा अपेक्षित सारभूत परिवर्तन हुन नसकेको यथार्थप्रति म पूर्ण रूपमा सचेत छु र यसले आम नागरिकमा असन्तोष उत्पन्न गरेको तथ्यलाई गम्भीरतापूर्वक लिएको छु। जेन्जी पुस्ताले व्यक्त गरेको परिवर्तनको आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्नु आजको मुख्य कार्यभार रहेको छ। काभ्रे जिल्ला संघीय राजधानीसँग जोडिएको भएता पनि विकास पूर्वाधार निर्माण र मानव विकास सूचकाङ्कका दृष्टिले अपेक्षाकृत रूपमा पछि परेको अवस्थालाई सुधार गर्न म प्रतिबद्ध छु, र राष्ट्रिय स्वतन्त्र पार्टीको काभ्रे जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यका रूपमा अघि सारेका नीति, कार्यक्रम र वाचाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुशासन, पारदर्शिता र जनमुखी विकासलाई प्राथमिकतामा राख्दै समृद्ध र सक्षम काभ्रे निर्माणमा निरन्तर लागिरहने दृढ प्रतिबद्धता व्यक्त गर्दछु।
सुशासन र न्याय
- भ्रष्टाचार उन्मूलन र सुशासन कायम राख्न शून्य सहनशीलताको नीति अवलम्बन गर्दै, जेन–जि पुस्ताको माग र अपेक्षासँग ऐक्यबद्धता।
- विकास र सार्वजनिक सेवामा नागरिकको आवाज सुन्ने प्रक्रिया लागू गरी, ३० दिन भित्र समाधानको पहल सुनिश्चित गर्ने।
- छिटो छरितो न्याय उपलब्ध गराउन कानुनी प्रक्रिया र पहल कदमी।
- विपन्न, महिला र दलितका लागि निःशुल्क कानुनी सहायता प्रदान गरी न्याय सबैका लागि समान सुनिश्चित गर्ने।
सडक, यातायात र पूर्वाधार विकास
- मूल सडकहरू ५ वर्ष भित्र कालोपत्रे गरिने।
- सबै वडा–टोलमा नियमित संचालन हुने सडक पहुँच सुनिश्चित गरिने।
- सडकको स्तरोन्नती तथा पुल निर्माण गरिने।
- सुरक्षित सार्वजनिक यातायात सुधार योजना लागू गरिने।
शिक्षा, स्वास्थ्य
- सार्वजनिक शिक्षाका लागि कुल राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत छुट्याउन पहल गर्ने र आधारभूत तथा माध्यमिक तहसम्म शिक्षा निःशुल्क प्रदान गर्ने।
- माध्यमिक तहको शिक्षा आवासीय व्यवस्था सहित प्रदान गर्ने।
- गुणस्तरीय प्राविधिक शिक्षालाई प्राथमिकता दिने।
- नेपालका लागि प्राविधिक विश्वविद्यालय स्थापना गर्न जोड दिने।
- २४ सै घण्टा स्वास्थ्य सेवा सहितको वडा र पालिका अस्पताल सञ्चालन गर्ने।
- सत प्रतिशत स्वास्थ्य बीमा पहुँच सुनिश्चित गर्ने।
पर्यटन विकास
- Eco-Tourism Hub बनाउने।
- होमस्टे प्रवर्द्धन र तालिम सञ्चालन गर्ने।
- साहसिक पर्यटन (हाइकिङ / साइकल रुट) विकास गर्ने।
- धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने।
उद्यम र रोजगार
- रोजगारी सिर्जना गर्न श्रम बैंकको स्थापना गर्ने।
- Youth Startup Fund स्थापना गर्ने र विदेशबाट फर्केका युवाहरूको सीप विकासमा प्रयोग गर्ने।
- साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने।
- महिला उद्यमशीलतामा प्राथमिकता दिने।
सहरी विकास र स्मार्ट सिटी
- व्यवस्थित शहरी योजना बनाउने र हरित पार्क तथा खुला स्थान संरक्षण गर्ने।
- स्मार्ट सिटी निर्माण गर्ने।
- ट्राफिक व्यवस्थापनमा व्यापक सुधार।
- आधुनिक ढंगबाट फोहोरमैला व्यवस्थापन।
बदनका कार्यसम्पादन: तथ्यांकमा
मेरा कार्यसम्पादनलाई तथ्यांकमार्फत स्पष्ट रूपमा प्रस्तुत गर्दै, विकास, उपलब्धि र प्रतिबद्धताको वास्तविक चित्र देखाउने प्रयास – जहाँ परिणाम, पारदर्शिता र जिम्मेवार नेतृत्वको झल्को पाइन्छ।
60
CCM Meetings Attended
48
Secretariat Meetings Attended
6
+Party Doctrine Writing
30
+District Visited Politically
20
+Party Training
बदन सँग प्रत्यक्ष प्रश्नोत्तर
जनताको सिधा आवाज सुन्न र तपाईंका जिज्ञासाहरूको स्पष्ट उत्तर दिन बदनसँग प्रत्यक्ष प्रश्नोत्तर सत्र – जहाँ पारदर्शिता, जवाफदेहिता र प्रतिबद्ध नेतृत्वको अनुभव गर्न सकिन्छ।
तपाईं काभ्रेको पूर्वाधार विकासका लागि के गर्दै हुनुहुन्छ?
निर्वाचित प्रतिनिधि सभा सदस्यका रूपमा मैले काभ्रेका मुख्य सडकहरू ५ वर्षभित्र कालोपत्रे गर्ने लक्ष्यअनुसार कार्य अघि बढाएको छु। विभिन्न चरणमा सडक स्तरोन्नति, पुल निर्माण र प्रत्येक वडा–टोलमा नियमित सडक पहुँच सुनिश्चित गर्ने काम भइरहेको छ। यसले यातायातलाई सहज बनाउनुका साथै स्थानीय व्यापार र कृषि उत्पादनको ढुवानीमा सकारात्मक प्रभाव पार्न थालेको छ। साथै, सुरक्षित सार्वजनिक यातायात सुधार योजना कार्यान्वयनमा ल्याउँदै दैनिक यात्रुहरूको सुविधा र सुरक्षामा सुधार गरिएको छ।
शिक्षा क्षेत्रमा तपाईंको प्राथमिकता कसरी कार्यान्वयन भइरहेको छ?
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आधारभूतदेखि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क बनाउने दिशामा आवश्यक पहल गरिएको छ। माध्यमिक तहमा आवासीय शिक्षाको अवधारणा विस्तार गर्ने काम अघि बढाइएको छ, जसले गाउँ–सहरका विद्यार्थीबीचको असमानता घटाउन सहयोग गरिरहेको छ। साथै, प्राविधिक शिक्षाको प्रवर्द्धन र प्राविधिक विश्वविद्यालय स्थापनाको पहलमार्फत युवालाई सीपयुक्त बनाउने कार्यमा जोड दिइएको छ।
स्वास्थ्य सेवामा कस्ता सुधारहरू भएका छन्?
स्वास्थ्य सेवा सुदृढीकरणका लागि प्रत्येक वडा र पालिकामा २४ सै घण्टा सेवा दिने स्वास्थ्य सुविधा विस्तार गर्ने काम भइरहेको छ। साथै, सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुर्याउने लक्ष्यअनुसार कार्यक्रमहरू अघि बढाइएका छन्। यसले विशेषगरी गरीब, महिला र दलित समुदायलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुगेको छ। गुणस्तरीय स्वास्थ्य सेवा र बीमा पहुँचले नागरिकको जीवनस्तर सुधारतर्फ सकारात्मक प्रभाव पारिरहेको छ।
युवाको रोजगारी सिर्जनामा के उपलब्धि हासिल भएका छन्?
युवाको रोजगारी सिर्जनाका लागि श्रम बैंक स्थापना, Youth Startup Fund सञ्चालन र विदेशबाट फर्केका युवाहरूको सीप उपयोग गर्ने कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएका छन्। साना तथा मझौला उद्योग प्रवर्द्धनमार्फत स्थानीय रोजगारी सिर्जना भइरहेको छ। साथै, महिला उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमहरूले आर्थिक समावेशितामा योगदान पुर्याइरहेका छन्।
पर्यटन विकासमा के प्रगति भएको छ?
पर्यटन प्रवर्द्धनका लागि Eco-Tourism Hub स्थापना, होमस्टे प्रवर्द्धन तथा तालिम कार्यक्रमहरू सञ्चालनमा ल्याइएका छन्। हाइकिङ, साइकल रुट जस्ता साहसिक पर्यटन तथा धार्मिक–सांस्कृतिक पर्यटनलाई प्राथमिकताका साथ अघि बढाइएको छ। यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउँदै पर्यटकको बसाइ अवधि र अनुभवमा सुधार ल्याएको छ।
सुशासन र भ्रष्टाचार नियन्त्रणमा के कदम चालिएका छन्?
सुशासन कायम गर्न शून्य सहनशीलताको नीति कार्यान्वयनमा ल्याइएको छ। विकास योजना र सार्वजनिक सेवामा पारदर्शिता सुनिश्चित गर्न सार्वजनिक सुनुवाइ प्रणाली लागू गरिएको छ र ३० दिनभित्र समस्या समाधान गर्ने व्यवस्था सुदृढ बनाइएको छ। साथै, विपन्न, महिला र दलित नागरिकका लागि निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै जवाफदेहिता र पारदर्शितालाई थप मजबुत बनाउने काम भइरहेको छ।
विधेयकहरू
संसदमा प्रस्तुत भएका विधेयकहरूबारे आफ्नो सुझाव, प्रतिक्रिया र विचार साझा गर्नुहोस्। तपाईंको सहभागिताले ती विधेयकहरूलाई अझ प्रभावकारी र जनमुखी बनाउन सहयोग पुर्याउनेछ।
डाउनलोडहरू
डाउनलोड गरिएका सामग्रीहरूबारे आफ्नो अनुभव, सुझाव र प्रतिक्रिया साझा गर्नुहोस्। तपाईंको सहभागिताले सामग्रीलाई अझ उपयोगी, प्रभावकारी र प्रयोगकर्ता–मैत्री बनाउन सहयोग पुर्याउनेछ।
बजेट वक्तव्य आर्थिक वर्ष २०८३/८४
स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा
राष्ट्रिय स्वतन्त्र पार्टी चिनारी पुस्तिका
राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ ( तेस्रो संशोधन २०८१ सहित )
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला अधिवेशन निर्वाचन कार्यविधि २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी पालिका अधिवेशन-निर्वाचन कार्यविधि(संशोधित)
राष्ट्रिय स्वतन्त्र पार्टी वडा अधिवेशन कार्यविधि
राष्ट्रिय स्वतन्त्र पार्टी वडा अधिवेशन-निर्वाचन कार्यविधि
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला अधिवेशन कार्यविधि २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी पालिका भेला कार्यविधि (पहिलो संशोधन २०८१ सहित)
मिडिया
हाम्रा सामाजिक सञ्जालमा साझा गरिएका सामग्रीहरूबारे आफ्नो अनुभव, सुझाव र प्रतिक्रिया साझा गर्नुहोस्। तपाईंको सहभागिताले सामग्रीलाई अझ उपयोगी, प्रभावकारी र प्रयोगकर्ता–मैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि
- Day(s)
- Hour(s)
- Minute(s)
- Second(s)
बाँकी
काभ्रे–२ को विश्वास, हाम्रो जिम्मेवारी!
फागुन २१ मा काभ्रे–२ का आम नागरिकहरूले व्यक्त गर्नुभएको विश्वास र समर्थनप्रति हार्दिक धन्यवाद। तपाईंहरूको आशा, भरोसा र अपेक्षालाई आत्मसात गर्दै अब पारदर्शिता, जवाफदेहिता र दिगो विकासका लागि दृढतापूर्वक अघि बढिरहेका छौं। विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो प्रतिबद्धता यथावत् छ, र यसलाई व्यवहारमा उतार्ने कार्यमा निरन्तर लागिरहेका छौं।